सरावल गाउँपालिकाको परिचय

Map of Sarawal Rural Municipality

सरावल गाउँपालिका, नेपालको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको चुरे पहाड देखि भारतको सिमाना सम्मको भूभाग ओगटेको अत्यन्तै सम्भावन बोकेको सुन्दर, उर्वर भूमि , औधोगिक , कृषि , पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको गाउँपालिका हो । यो गाउँपालिकामा ७ वडा शामिल छन् । सरावल गाउँपालिकाको क्षेत्रफल ७३.१९ वर्ग कि.मी. छ र यसमा ४२,२०७ जनसंख्या बसाइछ। सरावल गाउँपालिकाको क्षेत्रको पूर्वमा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, पश्चिममा पाल्हिनन्दन गाउँपालिका र रामग्राम नगरपालिका उत्तरमा बर्दघाट नगरपालिका र सुनवल नगरपालिका, दक्षिणमा भारत पर्दछ ।

सरावल गाउँपालिकाको मुख्य पेशा कृषि हो, तर यसमा व्यापार, सरकारी, अर्धसरकारी, र वैदेशिक रोजगारीको सम्भावना धेरै छ । यहाँ प्रायः धान, गेहूँ, र खाद्यान्नहरू उत्पादन हुने गरेको छ । जनसंख्यामा विभिन्न जातीय, भाषिक, र सांस्कृतिक विविधता देखिन्छ जसले यो गाउँपालिकालाई विविधतामा एकता भएको बनाउँछ । सरावल गाउँपालिका भविष्यमा औद्योगिकीकरण, पर्यटन विकास, र अर्थतन्त्रको समृद्धि को माध्यम बन्ने सम्भावना राख्छ । यसले स्थानीय लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउँदै, सामुदायिक सहभागिता र सामूहिक विकासको आधार स्थापित गर्दछ ।